काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा  एआईजी कार्कीलाई जिम्मेवारी

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा एआइजी दानबहादुर कार्कीलाई खटाइएको छ।

मंगलबारदेखि कार्कीलाई उपत्यका प्रहरी कार्यालयमा प्रमुखको रूपमा खटाइएको हो। उनी कार्यालयमा हाजिर समेत भइसकेको डिआइजी ओम रानाले बताए।

यसअघि यहाँ प्रमुख रहेका एआइजी टेक तामाङले गत साता अवकाश पाएका थिए।