नेपाल प्रहरीका ७ जना इन्स्पेक्टरहरूको सरुवा

नेपाल प्रहरीका ७ जना इन्स्पेक्टरहरूको सरुवा भएको छ । आईजीपी चन्द्रकुवेर खापुङले मंगलबार रिक्त युनिटहरूमा इन्स्पेक्टर पठाएका हुन् । इन्स्पेक्टर कैलाश लिम्बु खापुङलाई मोरङस्थित इलाका प्रहरी कार्यालय सिजुवामा सरुवा गरिएको छ ।

इन्स्पेक्टर दीपक थापालाई मकवानपुरको इप्रका मनहरी, दानबहादुर मिरिङचिङलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुर र शालिकराम तिम्सिनालाई जिल्ला ट्राफिक प्रहरी कार्यालय सिराहामा सरुवा गरिएको छ ।