आजको मौसम

हाल मनसुनी वायुको प्रभाव केही कमजोर भए पनि स्थानीय वायुको आंशिक असर कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाले जनाएको अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। त्यस्तै, लुम्बिनी प्रदेशसहित अन्य पहाडी भूभागका थोरै स्थान तथा तराईका एक-दुई स्थानमा पनि वर्षा हुनसक्ने अनुमान गरिएको छ । कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भने एक-दुई ठाउँमा भारी वर्षा पर्न सक्ने पूर्वानुमान गरिएको छ।