बाँके कारागारमा कैदीबन्दी र सेनाबिच  झडप, गोली लागेर १ घाइते

बाँकेस्थित कारागारमा कैदीबन्दी र सेनाबीच झडप भएको छ । झडपमा एक कैदीमाथि गोली प्रहार गरिएको छ ।

कैदीबन्दी कैलाली घोडाघोडी नगरपालिका-२ का २४ वर्षीय उपेन्द्र बम गोली प्रहारबाट घाइते भएको हुन् । कैदीबन्दीले गेट तोडेर भाग्न खोज्दा प्रहरीले गोली चलाएको हो । गोली लागेपछि उनलाई अस्पताल लगिएको छ उनको अवस्था अहिले खतरामुक्त रहेको  अस्पतालले जनाएको छ ।