सिपाहीहरूसँग हात मिलाउँदै विदा भए कार्कि

(नेपाल क्राईम)

लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङबाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस भएका दानबहादुर कार्कीको विदाइ भएको छ ।

शनिबार प्रदेश प्रहरी कार्यालय, तुलसीपुर, दाङमा विशेष कार्यक्रमसहित कार्कीलाई विदाइ गरिएको छ । त्यस क्रममा डीआईजीबाट एआईजीमा बढुवा सिफारिस भएका कार्कीलाई एसएसपीदेखि सिपाहीसम्मले बधाई पनि दिएका छन् ।