बाँकेको एक बाल सुधार गृहमा झडप हुँदा ५ जनाको मृत्यु

बाँकेको एक बाल सुधार गृहमा झडप हुँदा ५ जनाको मृत्यु भएको छ ।

मंगलबार जेनजी आन्दोलनका क्रममा डुडुवा गाउँपालिका-६ नौबस्तास्थित बाल सुधार गृहमा रहेकाहरु भाग्न खोज्दा प्रहरीसँग भएको झडपमा दैलेखका भुपेन्द्र खत्री, बाँकेका समिर थापा, अछामका उमेश विष्ट, कैलालीका जगत देउवा र दाङका दिनेश घर्तीमगरकाे मृत्यु भएकाे हाे ।

घटनामा घाइते अन्य दुई जनाको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ । देशभर जेनजीको आन्दोलन चर्किंदा नौबस्ताको बालसुधार गृहमा रहेकाहरु पनि भाग्न खोजेका थिए ।