३९ लाख नगदसहित एक जना पक्राउ

(नेपाल क्राईम)

प्रहरीले स्रोत नखुलेको ३९ लाख नगदसहित एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–२४ इन्द्रचोकबाट स्रोत नखुलेको नगद ३९ लाख ७८ हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–१५ घर भई हाल काठमाडौं टोखा बस्ने ४८ वर्षीय माधव श्रेष्ठ छन् ।

उनलाई लाई आइतबार दिउँसो काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको टोलीले पक्राउ गरेको हो।