लुटपाटमा संलग्नहरू धमाधम पक्राउ

जेनजी आन्दोलनका बीच केही व्यक्तिले असहज परिस्थितिको अनुचित फाइदा उठाउँदै काठमाडौँ र भक्तपुरका विभिन्न क्षेत्रमा लुटपाट गरेका छन्।

नेपाली सेनाले राति १० बजेपछि सुरक्षा कमाण्ड नियन्त्रणमा लिएसँगै भक्तपुरकोे राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, होटल हायात र बौद्ध इलाकाबाट लुटपाटमा संलग्न भएको अभियोगमा २१ जना पक्राउ परेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न पाँच जनालाई पनि सेनाले पक्राउ गरेको छ ।

देशभर देखा परिरहेका सुरक्षा चुनौतीबीच नेपाली सेनाले नागरिकलाई सतर्क रहन र सुरक्षामा सहयोग गर्न अपिल गरेको छ।