हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको छ । साथै, अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार सोमबार बिहान सुदूरपश्चिम प्रदेशका विभिन्न भूभागहरूमा वर्षा भइरहेको छ । कञ्चनपुरको दोधारामा पछिल्लो एक घन्टामै ३९.८ मिलिमिटर वर्षा भएको महाशाखाले अद्यवधिक गरेको विवरणमा उल्लेख छ ।कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।