जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले चालु आर्थिक वर्ष २०८२–८३ सुरु भएयता हालसम्म छ हजारभन्दा बढी सवारीसाधनलाई कारबाही

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले चालु आर्थिक वर्ष २०८२–८३ सुरु भएयता हालसम्म छ हजारभन्दा बढी सवारीसाधनलाई कारबाही गरेको छ । कारबाहीबाट ४९ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक कनकबहादुर शाहीले चालु आर्थिक वर्षको साउन महिनादेखि कात्तिक महिनाको हालसम्म नियमविपरीत सञ्चालनमा रहेका छ हजार ४२५ वटा विभिन्न सवारीसाधनलाई कारबाही गरिएको बताउनुभयो । उहाँले उक्त सवारीसाधन कारबाहीबाट ४९ लाख ४३ हजार पाँचसय रुपियाँ राजस्व सङ्कलन भएको जानकारी दिनुभयो ।जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक कनकबहादुर शाहीका अनुसार नियमविपरीत सञ्चालनमा रहेका सवारीसाधनमाथि निरन्तर निगरानी र कारबाही भइरहेको छ।