पहिरोले पुरिएर एक मृत्यु

रुकुम पश्चिमको मुसीकोट नगरपालिका–१ छिङमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ ।आज बिहान भेँडा बाख्रा लिएर गोठालो जाँदै गरेकी तल्लो छिङकी करिब ६९ वर्षीया हिमकुमारी मल्लको पहिरोले पुरिएर मृत्यु भएको वडाध्यक्ष ज्ञानुचन्द्र चन्दले जानकारी दिए ।उनीसँगै भेँडा र बाख्रा समेत पहिरोमा पुरिएर मरेका छन् ।