(रवि बर्णवाल) पर्सा सशस्त्र प्रहरी बल पर्साले ठुलो परिमाणमा भन्सार छलीका कपडा बरामद गरेको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर–१६ स्थित तीन घरमा छापामारी सशस्त्र प्रहरीले २१ लाख रुपैयाँभन्दा बढीको कपडा बरामद गरेको हो । सशस्त्र प्रहरी नायब निरीक्षक सुरज रिजालका अनुसार सशस्त्र प्रहरीलाई भन्सार छली गरेर सामान राखिएको सूचना आएको थियो । त्यही सूचनालाई पछ्याउँदै जाँदा तीन घरबाट २१ लाख २१ हजार ८ सयको भन्सार छलीका कपडा बरामद भएको उनले बताए ।बरामद सबै सामान थप कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।