बसमा स्कुटर ठोक्किँदा स्कुटरमा सवार दुवैको मृत्यु

काठमाडौंको जडिबुटीमा रोकिराखेको बसमा स्कुटर ठोक्किँदा स्कुटरमा सवार दुवैको मृत्यु भएको छ।

शुक्रबार बिहान २:५० बजे जडिबुटीस्थत आकाशे पुल नजिकै सडकछेउमा रोकिराखेको बा प्र ०१,००६ ख ४२४३ नम्बरको अरनिको यातायातको बसको पछाडिपट्टिको भागमा स्कुटर ठोक्किएको थियो।

कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै गरेको लु ४३ प ४९३८ नम्बरको स्कुटर बसको पछाडिको भागमा ठक्कर खाँदा स्कुटर चालक र पछाडी सवार व्यक्ति  दुवै घाइते भएका थिए।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिल बोहराका अनुसार घाइते दुवैलाई तत्काल ट्रमा सेन्टर लगिएको थियो।दुवैको उपचारका क्रममा मृत्यु भएको हो।