लागुऔषधसहित एक युवक पक्राउ

(नेपाल क्राईम)                                                                  कैलालीबाट लागुऔषधसहित एक युवक पक्राउ परेका  छन्।गोदावरी नगरपालिका–१ अत्तरियाबाट सोहि पालिका–४ का २८ वर्षीय लोकेन्द्र  बोगटीको साथबाट ६० मिलिग्राम लागुऔषध (हेरोईन) बरामद गरिएको छ। उनलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अगाढी बढाएको छ ।