नेपाल पत्रकार महासंघले अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणको काम तत्काल खुलाउन सरकारलाई ७२ घण्टाको अल्टिमेटम दिएको छ ।
महासंघका अध्यक्ष निर्मला शर्मा नेतृत्वको प्रतिनिधि मण्डलले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ समक्ष ज्ञापनपत्र बुझाउँदै सो अल्टिमेटम दिएको हो । महासंघका महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा अवरुद्ध दर्ता, नवीकरण सुरु नभए महासंघ आन्दोलनमा उत्रने उल्लेख छ ।ज्ञापनपत्र बुझ्दै मन्त्री गुरुङले अनलाइन सञ्चारमाध्यमलाई परेको असहजता अन्त्य गर्न सङ्क्रमणकालीन व्यवस्था गरिने र तत्काल नयाँ नियमावली पनि ल्याउने आश्वासन दिए । मन्त्रालयका सचिव राधिका अर्यालले सञ्चारमाध्यम दर्ता र नवीकरण सहज बनाउन पहल गरिने बताए । (रास्स)