बैतडीमा जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । बुधबार दिउँसो २ बजे गोठलापानीबाट खोड्पे जाँदै गरेको उग्रतारा यातायातको से १ ज २४५ नम्बरको जीप दशरथचन्द नगरपालिका वडा नम्बर ४ शाहीलेकमा दुर्घटना भएको हो ।जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देब बडूका अनुसार जीपमा चालक सहित १३ जना सवार थिए । दुर्घटनामा १२ जना घाइते भएका छन् । घाइते सबैको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ ।