लुम्बिनी प्रदेश सरकारले थारू समुदायले मनाउने बर्का अटवारी पर्वका अवसरमा आज ( आइतबार) सार्वजनिक बिदा दिएको छ ।
थारू समुदायको बसोबास धेरै रहेका लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा दिइएको हो । थारू समुदायको अधिक बसोबास बढी भएका दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।