इरानको दक्षिणी प्रान्त केर्मानमा शुक्रवार एक रेल दुर्घटना हुँदा दुई दर्जनभन्दा बढी घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।इरानको ‘रेड क्रिसेन्ट सोसाइटीको रिलिफ एण्ड रेस्क्यु अर्गनाइजेसन’का प्रमुख बाबाक महम्मदीले मेहर समाचार संस्थासँग भने, ‘केरमान–जारान्ड रेलमार्गमा रेल लिक (पटरी) बाट बाहिर जाँदा भएको दुर्घटनामा ३० जना घाइते भएका छन् ।’ तस्निम समाचार एजेन्सीले राष्ट्रिय रेलवे निकायको जनसम्पर्क कार्यालयबाट जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘रेलवे प्राविधिक कर्मचारी र उद्धार बलको समयमा आगमन पछि सबै यात्रीहरू सुरक्षित रूपमा रेलबाट बाहिर निस्केका छन् ।’