हेटौँडा उपमहानगरपालिका-१५ रातोमाटे चेकपोष्टका प्रहरीले ९ केजी २ सय ग्राम गाँजासहित दुई नाबालकलाई पक्राउ गरेको हो।
चितवनबाट वीरगन्जतर्फ जाँदै गरेको ना ६ ख ९५३३ नम्बरको यात्रुबाहक बसलाई हेटौँडा उपमहानगरपालिका-१५ रातोमाटे चेकपोष्टका प्रहरीले रोकेर चेकजाँच गर्ने क्रममा बसमा सवार दुई नाबालकको साथबाट गाँजा बरामद गरेको थियो । नाबालकले बोकेको झोला शंका लागेर प्रहरीले खानतलासी गर्दा झोलाभित्र प्लाष्टिकमा प्याक गरेको गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।