८.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प रुसमा

रुसको सुदूरपूर्वी तटमा बुधबार ८.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थान (युएसजीएस)ले यो जानकारी दिएको हो ।यसअघि भूकम्पको तीव्रता ८ म्याग्निच्युड अनुमान गरिएको थियो, जसलाई पछि बढाएर ८.७ बनाइएको हो । युएसजीएसका अनुसार भूकम्प रुसको पेट्रोपाभ्लोभ्स्क–काम्चात्स्की सहरबाट करिब १३६ किलोमिटर (८५ माइल) टाढा र १९ किलोमिटर गहिराइमा गएको हो । शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको छ ।