मदिरा तस्कर र प्रहरीबीच झडप भएको छ । सप्तरीको राजगढ गाउँपालिका २ कमलपुरमा मंगलबार राती १०:३० बजे मदिरा भारत तस्करी गर्ने समूह र प्रहरीबीच झडप भएको हो । झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ।
मदिरा तस्करी भइरहेको गोप्य सूचनाको आधारमा प्रहरीको टोली कमलपुर पुगेपछि तस्कर समूहले आक्रमण गरेको थियो । प्रहरीले आत्मरक्षाका लागि चलाएको गोली लागेर स्थानीय लालु यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीले चलाएको गोली लागेर घाइते यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सुचना अधिकारी एसपी गौतम कुमार केसीले पुष्टि गरे । उनका अनुसार यादवको तिघ्रामा गोली लागेको थियो । उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको थियो । तर उपचारकै क्रममा उनको मृत्यु भयो ।