सप्तकोशी नदीको २३ वटा ढोका खोलिए

सप्तकोशी नदीको २३ वटा ढोका खोलिएको छ । निरन्तरको वर्षाका कारण पानीको बहाब उच्च भएपछि सप्तकोसी ब्यारेजको २३ वटा ढोका खोलिएको हो ।

सप्तकोशीमा ५२ वटा मूल र चार नहरका गरेर ५६ ढोका रहेका छन् । जसमध्ये अहिले २३ खुल्ला गरिएको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए ।आइतबार साँझ कोसी ब्यारेजमा प्रतिसेकेण्ड एक लाख ९१ हजार २१० क्यूसेक पानीको बहाब मापन गरिएको छ । आज बिहान गरिएको मापनमा कोसी ब्यारेजर भएर एक लाख ७५ हजार ६८५ क्युसेक प्रतिसेकेण्ड पानी बगेको छ