रुसमा झण्डै ५० जना सवार बिमान बेपत्ता भएको छ । सुदूरपूर्वी रुसमा एन्टोनोभ एन–२४ विमान बेपत्ता भएको हो । साइबेरियामा सञ्चालन हुँदै आएको अङ्गरा एअरलाइन्सको विमान एक्कासी रडारबाट बेपत्ता भएको रुसी अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । विमान चीनसँग सीमा जोडिएको अमूर क्षेत्रको टिन्डा सहरका लागि उडेको थियो ।सो क्षेत्रका गभर्नर भिसाली ओर्लोभले प्रारम्भीक जानकारीअनुसार विमानमा ४३ जना यात्रु र ६ जना चालक दलका सदस्य रहेको जनाएका छन् । विमानमा ५ जना बालबालिका पनि रहेको जनाइएको छ ।