सल्यान दुर्घटना अपडेट

नेपालगन्जबाट सल्यानको रागेचौरतर्फ जाँदै गरेको फोर्स गाडी बिहीबार दिउँसो कुमाख गाउँपालिका–२, बढाई ज्युला भन्ने स्थानमा दुर्घटना हुँदा चालकसहित १५ जना घाइते भएका छन् । ‎जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार भे १ ख ३९९४ नम्बरको उक्त गाडी अनियन्त्रित भई सडकबाट करिब २५ मिटर तल खसेको थियो ।जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी रमेश खत्रीले दिएको जानकारीअनुसार दुर्घटना दिउँसो करिब १ : ०० बजे भएको हो दुर्घटनामा घाइते भएकामध्ये अधिकांशको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि नेपालगन्ज पठाइएको छ ।