नयाँदिल्लीमा ४ म्याग्निच्युडको भूकम्प

(नेपाल क्राईम)

भारतको नयाँदिल्लीमा भूकम्प गएको छ । सोमबार (आज) बिहान ५ बजेर ३६ मिनेटमा ४ म्याग्निच्युडको भूकम्प गएको भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । समाचारमा जनाइएअनुसार भूकम्पको केन्द्र जमिनभित्र करिब पाँच किलोमिटर गहिराइमा थियो ।