जिल्ला प्रहरी कार्यालय, सुर्खेतले गुण्डागर्दी तथा कुटपिट कार्यमा संलग्न ४० वर्षीय विनोद गिरीलाई पक्राउ गरेको छ ।
गिरीलाई साउन ४ गते वीरेन्द्रनगर नगरपालिका वडा नं. १ बाट पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
गिरीले असार ३ गते साँझ ७ बजे वीरेन्द्रनगर नगरपालिका वडा नं. १० स्थित भिडिज कर्णाली रिसोर्ट प्रा.लि.मा काम गर्ने कर्मचारीलाई खुकुरी, हात, मुक्काले कुटपिट गरि सख्त घाइते बनाइ फरार भएका थिए । गिरीलाई खोजी गर्ने क्रममा साउन ४ गते राति ८ बजे फेला पारी नियन्त्रणमा लिएर ज्यान सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको थापाले बताएका छन् ।