धनकुटामा १८ वर्षीया किशोरीमाथि बलात्कार

धनकुटामा १८ वर्षीया किशोरीमाथि बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्।

चौबिसे गाउँपालिका-५ चौबाटे बस्ने २८ वर्षीय रोशन तामाङ पक्राउ परेका हुन्।

उनलाई अस्थायी प्रहरी पोष्ट फलामेटारबाट खटिएको टोलीले मंगलबार साँझ पक्राउ गरेको हो।

उनीविरूद्ध १८ वर्षीया किशोरीलाई बलात्कार गरेको उजुरी छ। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।