प्रहरी प्रधान कार्यालयले कुनै घटनाका आरोपीलाई पक्राउ गरेपछि उनीहरूको तस्वीर र भिडियो सार्वजनिक नगर्न मातहतका युनिटलाई परिपत्र गरेको छ ।पक्राउ परेका आरोपीलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दा वा सञ्चार माध्यममा सूचना सम्प्रेषण गर्दा उनीहरूको कुनै पनि तस्वीर तथा भिडियो सार्वजनिक नगर्न हेडक्वार्टरले परिपत्र गरेको हो । गत असार १९ गते महान्यायाधिवक्ता कार्यालयले आरोपितहरूको तस्वीर र भिडियो सार्वजनिक गर्न नहुने निर्णय गरेको थियो ।महान्यायाधिवक्ता कार्यालयले उक्त निर्णयको जानकारी प्रहरी प्रधान कार्यालयलाई गराएपछि उसले मातहतका युनिटलाई परिपत्र गरेको हो ।