भारतका उपराष्ट्रपति जगदीप धनखडले पदबाट राजीनामा दिएका थिए । स्वास्थ्यको कारण देखाउँदै गएराति उनले राजीनामा दिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । समाचारअनुसार ७४ वर्षीय धनखडको कार्यकाल १० अगस्ट २०२७ सम्म थियो । धनखडले राष्ट्रपति द्रौपदी मुर्मुलाई आफ्नो राजीनामा बुझाएको समाचारमा उल्लेख छ । ‘स्वास्थ्यलाई प्राथमिकतामा राख्दै र चिकित्सा सल्लाह पालना गर्दै म तत्काल लागू हुनेगरी भारतको उपराष्ट्रपति पदबाट राजीनामा दिइरहेको छु,’ उनको राजीनामा पत्रमा उल्लेख छ । संसद्को मनसुन अधिवेशन हाल चलिरहेको छ। उपराष्ट्रपति राज्यसभाका अध्यक्ष हुन् । धनखर सत्रको बीचमा पदबाट राजीनामा दिने देशका पहिलो उपराष्ट्रपति हुन् । उनी आफ्नो कार्यकालको बीचमा राजीनामा दिने तेस्रो उपराष्ट्रपति पनि हुन् ।