बलात्कार आरोपमा युवक पक्राउ

(नेपाल क्राईम)

बर्दियामा बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुलरिया नगरपालिका–१ का २३ वर्षीय शिवप्रसाद थारू छन् ।

१४ वर्षीया एक बालिकाको बलात्कार गरेको उनीमाथि आरोप छ ।  गएको मंगलबार राति ती बालिकाको बलात्कार गरिएको भन्ने उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।