१६ वर्षीया बालिकालाई बलात्कार  आरोपमा  एक  पक्राउ

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका-३ बस्ने जाजरकोट भेरी नगरपालिका-५ घर भएका ३६ वर्षीय उदय चन्द पक्राउ परेका  छन् ।  बालिकालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।