(नेपाल क्राईम)
काठमाडौं उपत्यकामा हावाहुरीसहित वर्षा भइरहेको छ ।बागमतीको अलावा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा पनि बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो सुदूरपश्चिम र गण्डकी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । केही प्रदेशमा पूर्णदेखि आंशिक बदली हुनेछ ।देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ ।