कैलालीको भजनीबाट हतियारसहित तीनजना पक्राउ

कैलालीको भजनीबाट हतियारसहित तीनजना पक्राउ परेका छन्। पक्राउ परेका दुईजना बाउछोरा हुन्। भजनी नगरपालिका–९, बाट ५० वर्षीय दिलिप कार्की,  उनका छोरा २२ वर्षीय बिकास कार्की तथा सुरज विकलाई हतियारसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।उनीहरूको साथबाट दुई थान पेस्तोल, एक थान हार्नेट, पेस्तोलमा लाग्ने ११ राउण्ड गोली, एक थान म्यागजिन, हर्नेटको २४ राउण्ड गोली बन्दुकको काठ एक थान, छर्रा एक डिब्बा, भरुवा बन्दुकको घोडा एक थान, मयुरको प्वाख दुई गुच्चा र जरायोको सिङ तीन थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिए।