ठुलो परिमाणमा लागुऔषधसहित दुई महिला पक्राउ

जिल्लाको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट आइतबार ठुलो परिमाणमा लागुऔषधसहित दुई महिला पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा जिल्ला रुपन्देही ओमसतिया–५ बस्ने ३५ बर्षीया मालती लोध र सोही स्थान निवासी ५० बर्षकी शिला हरिजन रहेका छन् । महिलाबाट दुई हजार पाँच सय अन्ठानब्बे एम्पुल लागुऔषध बरामद गरिएको प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो ।
पृथ्वीराजमार्ग सडक–खण्डमा सवारी चेकजाँच गर्ने क्रममा बाग्मती प्रदेश ०१–००६ ख ७२८३ नंम्बरको माइक्रो बसमा सवार हरिजनले बोकेको कालो रंगको झोलाभित्र डाइजेपाम आठ सय ६६,फेनेरागन आठ सय ६६ र बुफ्रेनोफिन आठ सय ६६ एम्पुल बरामद गरेको प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो