दुर्गा प्रसाईं पक्राउ

(नेपाल क्राईम)

राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंलाई भारतमा पक्राउ गरी काँकडभिट्टा नाकाबाट नेपाल ल्याइएको छ । सीआईबीको टोलीले स्कर्टिङ गरी उनलाई अहिले भद्रपुर विमानस्थल लगेको छ । सीआईबीले उनलाई बुद्ध एयरको विमानमा काठमाडौं पठाउने तयारी गर्दै छ ।

प्रसाईंलाई मेची पुलबाट कालो सिसा भएको निजी गाडीमा राखेर प्रहरीले भद्रपुर लगेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले प्रसाईंलाई नियन्त्रणमा लिएको हो।नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता दिनेश आचार्यले प्रसाईं नियन्त्रणमा परेको विषयमा केहीबेरमा प्रेस विज्ञप्ति जारी गर्ने बताएका छन्।