अवैध सामान बरामद

(नेपाल क्राईम)

नवलपरासी जिल्लाको पाल्हिनन्दन गाउँपालिका–१ स्थित रामपुरवा सीमा इलाकाबाट चैत्र १३ गते सशस्त्र प्रहरीले करिब आठ लाख ६ हजार रुपैयाँबराबरको मोबाइलसँग सम्बन्धित विभिन्न सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म हरपुरबाट विशेष सूचनाका आधारमा खटिएको सुरक्षा फौजले भारतबाट अवैध रूपले नेपालतर्फ ल्याउँदै गरेको इयरबड २ सय ९७ थान, मोबाइलका टेयम्पर ग्लास २ हजार थान र २ हजार थान इयरफोन बरामद गरेको हो ।