गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका तीन जना वरिष्ठ उपरीक्षक (एसएसपी) को काज सरुवा गरेको छ । गृहमन्त्रीस्तरको सोमबारको निर्णयले उनीहरूको काज सरुवा भएको हो ।
जसअनुसार सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक विनोदराज श्रेष्ठको नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा काज सरुवा भएको छ । त्यहाँ कार्यरत प्रकाश थापालाई भने श्रेष्ठ कार्यरत सीमा विभागमा काज सरुवा गरिएको छ । श्रेष्ठ र थापा दुवै जना सशस्त्र प्रहरी निरीक्षक सिसं १ टोलीका एसएसपी हुन् ।यस्तै, प्राविधिक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक ई. नानीराम हुमागाईंलाई कार्य विभागबाट नेपाल प्राविधिक तालिम शिक्षालय, काठमाडौंमा काज सरुवा गरिएको छ ।