पहिरोमा परेर एक जनाको मृत्यु

सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा नजिकै पहिरोमा परेर एक जनाको मृत्यु भएको छ ।

पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित माथिल्लो सिद्धबाबानजिकै मंगलबार राति सडकमाथिबाट खसरेको पहिरोमा परेर रामपुर नगरपालिका-५ तालपोखराका ३६ वर्षीय जनक भण्डारीको मृत्यु भएको हो ।