२२ जना प्रहरी कर्मचारीलाई एक साताभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयको आग्रह

चारजना प्रहरी सहायक निरीक्षक (असई)सहित २२ जना प्रहरी कर्मचारीलाई एक साताभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले आग्रह गरेको छ ।प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै २२ जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेको भन्दै उनीहरूलाई सम्पर्कमा आउन ७ दिनको समय दिएको छ ।प्रहरी प्रधान कार्यालयका अनुसार गैरहाजिर हुनेमा प्राविधिकतर्फका एक असईसहित चारजना असई, दुईजना कार्यालय सहयोग र बाँकी सबै प्रहरी जवान छन् ।