सशस्त्र प्रहरी बल, नेपालका सहायक हवल्दारदेखि बरिष्ठ सईसम्मका २ हजार १९६ जना बढुवा भएका छन् । यसरी एकसाथ बढुवा हुनेहरुमा सशस्त्र प्रहरी बरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) ११ जना, नायव निरीक्षक (सई) ३४ जना, लेखा उपसमुहतर्फ सई ६ जना रहेका छन् ।त्यस्तै, सशस्त्र प्रहरी वरिष्ठ हवल्दारमा ६०३ जना, हवल्दारमा ७५९ जना र सहायक हवल्दारमा ७८३ जना बढुवा भएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।मुख्यालयले बढुवा हुनका लागि जेठ १९ गते सूचना जारी गरेको थियो । उक्त सूचनामा सशस्त्र प्रहरी सेवा साधारण समूह, साधारण उपसमूहतर्फको सशस्त्र प्रहरी बरिष्ठ नायव निरीक्षक र सशस्त्र प्रहरी नायव निरीक्षक तथा सशस्त्र प्रहरी सेवा, साधारण समूह, लेखा उपसमूहतर्फका सशस्त्र प्रहरी नायव निरीक्षकमा बढुवाका लागि १० दिनभित्र बढुवा फाराम भर्न भनिएको थियो ।साथै, सशस्त्र प्रहरी वरिष्ठ हवल्दार, हवल्दार र सहायक हवल्दार पदमा बढुवा हुनको लागि १५ दिनभित्र बढुवा फाराम भरी पेस गर्न भनिएको थियो ।