सशस्त्र प्रहरी बलमा यही असारभित्रै नायव उपरीक्षक डीएसपी देखि नायव महानिरीक्षक डीआईजी सम्मको बढुवा प्रक्रिया सुरु

सशस्त्र प्रहरी बलमा यही असारभित्रै नायव उपरीक्षक (डीएसपी) देखि नायव महानिरीक्षक (डीआईजी) सम्मको बढुवा प्रक्रिया सुरु हुने भएको छ ।

साउन लागेपछि तत्कालै बढुवा प्रक्रिया सुरु गर्न नमिल्ने भएकाले असारभित्रै डीएसपी, एसपी, एसएसपी र डीआईजीको बढुवाका लागि सूचना निकाल्ने तयारी भइरहेको उच्च स्रोतको दाबी छ । यसका लागि केही दिनको ‘ग्याप’ राखेर सूचना निकाल्ने तयारी भइरहेको छ । डीएसपी र एसपीको बढुवा सशस्त्र मुख्यालय र एसएसपी र डीआईजीको बढुवा गृह मन्त्रालयबाट हुने गर्छ । स्रोतका अनुसार, साउन लागेपछि पनि बढुवा गर्नेगरी असारभित्रै सूचना निकालेर बढुवा प्रक्रिया अघि बढाइने तयारी भइरहेको छ ।