रोयल सिराहा गेष्ट हाउसबाट खैरो हिरोइनसहित एक जना पक्राउ

कोटेश्वर प्रभागबाट खटिएको प्रहरी टोलीले काठमाडौंको गौशलाबाट एक व्यक्तिलाई खैरो हिरोइनसहित पक्राउ गरेको छ।दिउँसो करिब २ः३० बजे प्रहरीले रोयल सिराहा गेष्ट हाउसको कोठा नम्बर २ मा बसिरहेका सिरहा नगरपालिका–१० का अजय कुमार दासलाई पक्राउ गरेको हो।उनको साथबाट १७.७९० ग्राम खैरो हिरोइन फेला परेको प्रहरी स्रोतका अनुसार दास लागुऔषध कारोबारमा संलग्न रहेको भन्ने विशेष सूचनाको आधारमा निगरानी गर्दै जाँदा उनलाई गेष्ट हाउसबाट पक्राउ गरिएको हो।  कोटेश्वर प्रभागका प्रहरी निरिक्षक यज्ञराज भट्टले  जानकारी दिए।