टापुमा फसेकी १३ वर्षीया बालिका रेजिना खड्काको सुरक्षाकर्मीले गरे उद्धार

दाङको राप्ती नदीमा बाढीले बगाएर ल्याएको दाउरा सङ्कलन गर्ने क्रममा टापुमा फसेकी १३ वर्षीया बालिका रेजिना खड्काको सुरक्षाकर्मीले उद्धार गरेका छन् । राप्ती गाउँपालिका–१, भालुवाङ पुल्चोक निवासी रेजिना आफ्ना भाइ शिशिर खड्कासँग दाउरा सङ्कलन गर्न राप्ती नदी पुगेकी थिइन् ।दाउरा सङ्कलन गर्ने क्रममा नदीमा अचानक बाढी आएपछि उनी टापुमा फसेकी थिइन् । स्थानीयले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय भालुवाङ र ज्वाला माई गण भालुवाङको टोलीले रेस्क्यु बोटको सहायताले शुक्रवार बिहान उनको उद्धार गरेको हो ।