सल्यानमा एक युवक मृत फेला

सल्यानमा एक जना युवक मृत फेला परेका छन्।

शुक्रबार कुपिण्डे नगरपालिका-६ डुडाखोल-कुवाखोला नजिकै २३ वर्षीय शंकर बिसी मृत फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी केशर न्यौपानेका अनुसार उनी रूखमा झुण्डिएको अवस्थामा फेला परेका हुन्।

उनका अनुसार मृतकको चिउँडो, आँखा लगायत शरीरका केही ठाउँमा खत देखिएको छ। घटना शंकास्पद हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान थालेको छ।