नेपाल वायु सेवा निगमले विभिन्न पदमा ४४ कर्मचारी माग

नेपाल वायु सेवा निगमले विभिन्न पदमा ४४ कर्मचारी माग गरेको छ । निगमले आज एक सूचना जारी गर्दै करार सेवाका काम गर्नेगरि रिक्त रहेका वरिष्ठ प्राविधिक, प्राविधिक र जुनियर ग्राउन्ड इक्विप्मेन्ट अपरेटरसमेत ४४ पदका लागि दरखास्त आह्वान गरेको हो ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिनसम्म आवेदन दिन सक्नेछन् ।