संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण चौधरीको घरमा चोरी भएको छ ।
नागरिक उन्मुक्ति पार्टीका नेता समेत रहेका मन्त्री चौधरीको कैलालीको लम्कीचुहा नगरपालिका–४ बलियामा रहेको घरमा चोरी भएको हो ।
इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक लोकेन्द्र सिंहले राज्यमन्त्री चौधरीकी दिदी श्यामकुमारीले घरमा चोरी भएको निवदेन दिएको बताए । उनले बुधबार आफू सफाइका लागि घरमा पुग्दा चोरी भएको थाहा पाएको प्रहरीसमक्ष बताएकी छिन् ।घरको ढोका (ग्रिल) फोडेर घरमा राखिएको नगद तथा झण्डै २० लाख पर्ने सुनचाँदीका गहना चोरी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।