दुर्घटनामा प्रहरी सहायक हवलदारको मृत्यु

मोरङस्थित पथरी–कानेपोखरी सडकखण्डमा मोटरसाइका दुर्घटना हुँदा प्रहरी सहायक हवलदारको मृत्यु भएको छ ।

बेलबारी नगरपालिका–४ घर भई प्रहरी चौकी जमुना इलाममा कार्यरत प्रहरी सहायक हवलदार जितेन्द्र चौधरीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको पथरी इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक मोहनविक्रम दाहालले जानकारी दिए ।उनका अनुसार पूर्वपश्चिम राजमार्गको कानेपोखरी गाउँपालिका–७ डाँसमोरङ्गी पुल नजिकैको डाइभर्सनमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो ।दुर्घटनामा चौधरीकी श्रीमती विमला धिमाल र दुई वर्षीया छोरी जेसन पनि घाइते भएका छन् । उनीहरू दुवैको नोबेल मेडिकल कलेज विराटनगरमा उपचार भइरहेको छ ।