९० वर्षीय वृद्धले गरे श्रीमतीको हत्या

पूर्व नवलपुरको देवचुली नगरपालिका–३ आम्बासका एक बृद्धले श्रीमतीको हत्या गरेका छन् ।

बुधबार राति करिब ९ बजे घरेलु विवाद चर्किँदै जाँदा ९० वर्षीय दिलबहादुर थापाले ७६ वर्षीया श्रीमती जमुना थापाको टाउकोमा फलामको रडले हानेर हत्या गरेका हुन् ।रड प्रहारबाट गम्भीर घाइते भएकी जमुनाको घटनास्थलमै मृत्यु भएको जिल्ला पहरी कार्यालयका सूचना अधिकारी पहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए ।हत्यापछि फारार भएका दिलबहादुर प्रहरीले केही समयमै नियन्त्रणमा लिएको थियो ।