रौतहटको राजापुर बम कान्डका अभियुक्त कांग्रेस नेता अफताब आलमलाई सफाइ दिने एक न्यायाधीशमाथि कालोमोसो

रौतहटको राजापुर बम कान्डका अभियुक्त कांग्रेस नेता अफताब आलमलाई सफाइ दिने एक न्यायाधीशमाथि कालोमोसो छ्यापिएको छ । उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासमा न्यायाीश खुशीप्रसाद थारुमाथि कालोमोसो छ्यापिएको हो ।

रौतहटको राजापुरमा पहिलो संविधानसभा निर्वाचनको ठीक अघिल्लो दिन भएको बम विस्फोटको योजनाकार मानिएका आलमलाई रौतहट जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएकामा उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले सफाइ दिएको थियो ।न्यायाधीशद्वय थारु र महर्जनले गरेको उक्त फैसला चौतर्फी आलोचित भइरहेकै समयमा धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतको युवा दस्ताले बिहीबार इजलसामै गएर न्यायाधीश थारुमाथि कालोमोसो छ्यापेको हो ।कालोमेसो छेप्ने क्रममा नेकपा बहुमतका तीनजना कार्यकर्ता पक्राउ परेका छन्।(रास्स)