ताइवानमा ६.४ म्याग्निच्युडको भूकम्प

ताइवानको पूर्वी तटमा ६.४ म्याग्निच्युडको भूकम्प गएको छ । हुआलियन शहरबाट लगभग ७१ किलोमिटर दक्षिणमा केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

ताइवानको केन्द्रीय मौसम प्रशासनले भूकम्पको केन्द्रबिन्दु ३०.९ किलोमिटर गहिराइमा रहेको बताएको छ । यता अमेरिकी भूगर्भ सर्वेक्षणले भूकम्प ५.९ म्याग्निच्युडको रहेको बताएको छ ।